नेप्से परिसूचकले काट्यो ३ हजारको विन्दु

काठमाडौं-  नेप्से परिसूचकले ३ हजारको बिन्दु पार गरेको छ। एक वर्षपछि नेप्सेले ३ हजारको विन्दु पार गरेको हो।

साताको कारोबारको पहिलो दिन आइतबार बजार खुलेको केही समयमै ‍परिसूचकले ३ हजारको बिन्दु पार गरेको हो।

आइतबार बजार खुलेको ६ मिनेटमै नेप्से ३००२ को विन्दुमा पुगेको हो।

गत वर्षको साउन ३१ गते बजार ३०००.१ बिन्दुसम्म पुगेको थियो।