अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्धारा आत्मसमर्पण

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले म्यानहटनमा रहेको फौजदारी अदालतमा आत्मसमर्पण गर्नुभएको छ। ट्रम्पमाथी सन् २०१६ मा पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई ठूलो रकम दिएको आरोप छ । उहाँविरुद्ध ३४ वटा अपराधका अभियोग लगाइएको बीबीसीले जनाएको छ ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति बन्नुभएको छ । तर आफूमाथी लगाइएका विभिन्न आरोपको उहाँले खण्डन गरी दोषी नरहेको दाबी गर्नुभएको छ ।  म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।

आत्मसमर्पण गरेका उहाँलाई हतकडी भने लगाइएको थिएन ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।