चर्च ब्वाइज र एपीएफको बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै  चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ । एपीएफले ७ खेलमा ११ अंक जोडेको छ ।

खेलपछि एपीएफका मुख्य प्रशिक्षक रत्नकाजी महर्जनले टिममा तालमेल नमिल्दा खेल बिग्रिएको बताए ।

खेलमा खेलाडीबीच तालमेल नमिल्दा खेल बिग्रियो । ३ अंकको लागि खेलेको १ अंकमा खुसी हुनु पर्ने अवस्था छ । शीर्ष चारमा पुग्न यो खेलले गार्हो हुन्छ’, उनले भने । चर्च ब्वाइजका गोलकिपर प्रशिक्षक मिर सावन्तले एक अंकमा खुशी रहेको बताए । ‘आज खेल राम्रो भयो । एक अंक हाम्रो लागि राम्रो हो,’ उनले भने ।