काठमाडौं -प्रमुख प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन्।
प्रतिनिधि सभाको बैठकमा विशेष समयपछि कांग्रेस र राप्रपा तथा लोसपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। कार्यसूची अनुसार बैठक अगाडि बढाउन सहयोग गर्न सभामुखले आग्रह गर्दा प्रतिपक्षी सांसदहरुले उठेर विरोध गरिरहे।
अर्को बैठक आगामी वैशाख २ गते आइतबार बिहान ११ बजे लागिका तय भएको छ।
