आज रातो मच्छिन्द्रनाथको महास्नान

ललितपुरमा आज रातो मच्छिन्द्रनाथको महास्नान हुँदैछ । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरिन्छ । आज बेलुकी ५ बजे पछि मच्छिन्द्रनाथलाई लगंनखेलमा रहेको डबलीमा महास्नान गरिनेछ । महास्नानको लागि विशेष पूजा गरेर हिजो मूर्तिबाट जीवन्यास निकालेर कलशमा राखिएको छ ।

महास्नान पछि ७ दिन मूर्तिलाई गुप्तबासमा राखेर आउँदो अष्टमीका दिन मर्मत संभार गरेर रंगरोगन गरिनेछ । यसपाली रातो मच्छिन्द्रनाथलाई २७ गते रथारोहण गरेर २९ गतेबाट रथयात्रा शुरु हुनेछ । रातो मच्छिन्द्रनाथको महास्नानसँगै आज बेलुकी रथ बनाउनको लागि साइत पूजा हुँदैछ । महास्नान गरेपछि बेलुकी साइत पुजा गरेर भोलीबट पुल्चोकमा रथ बनाउन शुरु हुनेछ ।