नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं- नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ। शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोट प्रहरीले बताएको छ। हेलिकप्टर काठमाडौंबाट स्याफ्रुबेंसी उडेको बताइएको छ।

स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। हेलिकप्टरमा क्याप्टेन र ४ जना विदेशी पर्यटक रहेको सम्बद्ध कम्पनीले बताएको छ। हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए।