नेपालभाषा सिनेमा क्षेत्रको लेखक, निर्देशक तथा कलाकार महेन्द्रमान नकःमि (आर्यम नक:मि)को अध्यक्षतामा ‘नेपालभाषा सिनेमा विकास केन्द्र’ स्थापना गरिएको छ ।
बेलायतमा रहनुभएका डा. शान्त वीर सिंह तुलाधर संरक्षक तथा मुख्य सल्लाहकारको रुपमा रहनु भएको उक्त केन्द्रको शनिबार पदभार हस्तान्तरण कार्यक्रममा विभिन्न कलाकारहरु लगायत पत्रकारहरु उपस्थित हुनुभएको छ ।
शनिबार भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्रमान नकःमि (आर्यम नक:मि), उपाध्यक्ष रबिन्द्रमान शाक्य (सबिन शाक्य) र ज्ञानीशोभा तुलाधर नेवाः अनि महासचिव सुनिता राजभण्डारी जुनु, सचिव नानीहेरा प्रजापति, कोषाध्यक्ष राजेन्द्र मान शाक्य, सह कोषाध्यक्ष कृता बज्राचार्य र सदस्यहरुमा अन्नपुर्णेश्वरी श्रेष्ठ, कृष्णभक्त महर्जन, केशरमान ताम्राकार र नरेश सुवाल रहनुभएको छ ।
