भदौ १४ मा आँचल र विवेकको ‘वर एण्ड बधु’

मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्र भदौ १४ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ ।

चलचित्रमा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ । यो चलचित्रमा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

एलआरके प्रोडक्शनको ब्यारनमा बनेको यो चलचित्रमा सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन छ । ‘वर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ । तीजको छेको पारेर यो चलचित्र रिलिज गर्न लागिएको हो ।