खोकनाका नेवार समुदायलाई अहिले दशैँ होइन सिकाली जात्राकोे चटारो छ । यहाँका बासिन्दा सिकालीजात्रालाई मुख्य पर्वका रूपमा मनाउने गर्छन् । जात्रा घटस्थापनादेखि सुरु भई फूलपातीसम्म मनाइन्छ । खोकनामा मुख्य तस्गु, सलास्गु र जस्गु गरी ३ गुठी छन् । पहिलो दिन बिहान तगु र सला गुठीका ४ कुमार केटा उपवास बसी सिकाली देवीलाई विधिपूर्वक गोप्य पूजा गर्ने चलन छ । पूजाका क्रममा चौरमा मानिस, चराचुरुंगी र जीवजन्तु कोही बस्न नमिल्ने मान्यता छ ।
सिकाली चौरमा रहेको मन्दिरवरिपरि स्थानीय भेला भएर धुमधामका साथ जात्रा मनाइएको छ। खोकनावासी दशैं मनाउँदैनन् ।शैंको सट्टामा त्यहाँका स्थानीयले घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म सिकाली जात्रा मनाउने गर्छन् । खोकनाबासीले विभिन्न देवीदेवताको पूजापाठ र सामूहिक भोज खाएर सिकाली जात्रा मनाउँछन् ।
स्कन्द पुराणको माघ महात्म्यमा उल्लेख भएअनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्रलगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेको कथाको आधारमा गरिने जात्रामा मंगलबार बिहानै सिकाली चौरमा यज्ञमण्डप बनाएर यज्ञ लगाइएको थियो। यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन्।
