नेपाल भाषालाई सरकारी सञ्चार माध्यममा स्थान दिदै समाचार प्रसारण

पछिल्लो समय नेपाल भाषालाई प्राथमिकता दिदै सरकारी सञ्चार माध्यमबाट समाचार प्रसारण गरि नेपाल भाषालाई समान गर्दै आएको छ। यसै क्रममा राष्ट्रिय समाचार समिति (रासस) ले गत मंगलबारदेखि नेपालभाषा समाचार प्रेषण र प्रकाशन गर्ने कार्य शुरुआत गरेको थियो भने नेपाल टेलिभिजनले पनि नेपाल भाषामा बुधबारदेखि शुभारम्भ भएको छ ।

नेपालभाषाको पत्रकारिता सय वर्ष पुगेको अवसरमा मातृभाषा शताब्दी वर्ष मनाइरहेको बेला यसरी सरकारी सञ्चार माध्यमबाट समाचार प्रकाशन भएको सन्दर्भमा प्रेश विज्ञप्ती जारी गर्दै नेवा: पत्रकार राष्ट्रिय दबूले नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समिति (रासस) ले समाचार प्रसारण भएकोमा देशैभरीका नेवार पत्रकारहरुको राष्ट्रिय संगठन दबू निकै हर्षित भएको बताएको हो ।

येसैबिच नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पनि नेपाल टेलिभिजनले नेपालभाषामा समाचार प्रसारण शुरुआत गरेकोमा स्वागत गरेको छ ।

दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठबाट जारी विज्ञप्तीमा नेपालभाषाको पत्रकारिता सुरुआत भएको सय वर्ष पुगेको अवसरमा सो कार्यले नेपाल भाषा प्रत्रकार जगतको महत्व धरै उठेको बताइएको छ ।

यसै बीच नेपाल टेलिभिजनले नेपाल भाषामा, रेडियो नेपाललले दनुवार भाषामा र राससले मैथिली तथा नेपाल भाषामा समाचार प्रकाशण प्रसारण सुरु गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताउनुभएको छ ।
मन्त्री गुरुङले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार दिनुपर्ने जरुरी भएको बताउनुभयो । मन्त्री गुरुङले नेपाल टेलिभिजनले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ शुभारम्भ कार्यक्रमको उदघाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोडदिनु भयो ।उहाँले विभिन्न भाषिक कार्यक्रमले रेडियोप्रति अपनत्वबोध गराउने विश्वास व्यक्त गर्नुभयो ।

रेडिय नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले भाषा संरक्षणको अभियान रेडियो नेपालले राम्रो गरिरहेको उहाँले चर्चा गर्नुभयो । हाल सरकारी संचारमाध्यमहरुमा गोरखापत्रले ४४ भाषाको पृष्ठ प्रकाशन गरिरहेकोछ ।

नेपाल टेलिभिजनले ७ भाषाको समाचार बुलेटिन र १४ कार्यक्रम प्रशारण गरिरहेको छ भने राससले पनि पछिल्लो समय नेवारी र मैथिली भाषाको बुलेटिन सुरु गरेको उहाँले बताउनुभयो ।

सरकारी सञ्चार माध्यमले सुरु गरेको भाषिक कार्यक्रमले सबै समुदायलाई सरकारी सञ्चारमाध्यमप्रति आत्मबोध गराउने सरकारको विश्वास छ ।