नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरले तीन ठाउँमा ठूलो पर्दामा देखाउने

काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा ठूलो पर्दामा लाइभ देखाउने भएको छ ।

बुधबार साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टिम नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । फाइनल खेलका लागि टिकट बिक्री सुरु भएको दुई घण्टामै टिकट सोल्ड आउट भएको छ ।

टिकट सोल्ड आउट भएपछि काठमाडौं महानगरले टुँडिखेल, सानो गौचरनको खेल मैदान र चाबहिल गणेशस्थानमा नेपाल र बंगलादेशबीचको फाइनल खेल ठूलो स्क्रिनमा देखाउने भएको हो ।