काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले आज मंसिर ७ गते शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । ‘जागरण’ सभा नाम दिइएको प्रदर्शन दिउँसो १२ः३० बजेदेखि काठमाडौंको दरबारमार्गमा प्रारम्भ हुनेछ ।
एमालेको यो विशाल सभाअघि बिहान ११ः३० बजे काठमाडौंको शहीद गेटबाट जुलुस प्रारम्भ भएर वीर अस्पताल, जमलहुँदै दरबारमार्ग पुग्ने बताइएको छ ।
दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ ।
