एक बिक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ। उक्त भिडियो सामाजिक सञ्जालमा सर्वत्र बिरोध भएको छ। यसको सत्यतथ्य पत्ता लगाउन छानबिन थालिएको चितवनका एसपी गौतम मिश्रले बताएका छन् । छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ ।
उक्त घटना चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा भएको बुझिएको छ । सडकमा चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको भन्दै कुटपिट गर्ने प्रहरी कर्मचारीमाथि छानबिन थालिएको छ ।
सो घटनाबारे एसपी मिश्रका अनुसार घटनाबारे समितिले तथ्य पत्ता लगाएर प्रतिवेदन दिएपछि संलग्न प्रहरी कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढ्ने छ ।
