श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रको अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौंमा श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको नेतृत्व विकास तालीम गर्दै प्रमाण पत्र वितरण गरेको थियो।

विशेष गरेर सहभागीहरूले टीमवर्क, संचार शैली र आत्म–प्रेरणाका विषयमा विभिन्न कार्यशालाहरूमा सहभागिता जनाएका थिए।

यस अघि तालिमको औपचारिक उद्घाटन सत्रमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पदमा पुग्नु मात्र नभएर समाजलाई सही दिशामा डोर्‍याउनु नै सफल नेतृत्व भएको विचार राखे ।

‘एक प्रभावकारी नेता आफू मात्र अघि बढ्दैन, बरु घर व्यवसाय, समुदायलाई संगठित गर्दै सबैलाई अवसर सिर्जना गरिदिन्छ’ कामपा उपप्रमुख डंगोलले भनिन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन, तालिमका प्रशिक्षक रूपेन्द्र महर्जनले समाजमा नेतृत्व तहको भूमिका, महत्व र तालीमको आवश्यकतालाई लिएर आआफ्ना विचार राखे ।

त्यस्तै आयोजक संस्था श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष सजनी महर्जनले स्थानीय समुदायमा नेतृत्व विकासको आवश्यकताको बारेमा प्रकाश पारिन् ।

“हाम्रो समुदायको सशक्तीकरणका लागि प्रभावकारी नेतृत्व अपरिहार्य छ । यो तालिम नेतृत्वदायी क्षमता अभिवृद्धि गर्न तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण कोसेढुंगा हुनेछ’ अध्यक्ष महर्जनको दावी हो ।

काठमाडौँ महानगरपालिका सामाजिक विभागको सहयोगमा सम्पन्न तालिम ६० जना सहभागीहरूले नेतृत्व विकास तालीमा लिएका थिए ।