काठमाडौं महानगरपालिका वडा २७ ले ५७ औं प्रजातन्त्र दिवसको अवसरमा पीएल सिंह चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । वडाले प्रजातन्त्र दिवसको अवसर र स्व.नेता पिएल सिंहको सम्झनामा पिएल सिंह मेमोरियल पेन्टिङ कम्पिटीशन प्रतियोगिता आयोजना गरेको वडा अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए ।
विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने र पढाईबाहेक अन्य क्रियाकपापमा पनि अघि बढाउँदै जानुपर्छ भनी यसको लागि पेन्टिङ र आर्टहरु गराउदै आएको छ। त्यसले खालि समयमा नकारात्मक कुराहरुप्रति आकर्षित हुने कुरालाई रोक्छ । पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापम समेत सृजनात्मकता बढ्दै जान्छ । सबै मान्छे क्रिएटिभ हुन्छ त र विण्डो चाहीँ बन्द भएर बसिराखेको हुन्छ । पेटिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने काम गर्छ । यसले सिर्जनशीलता बढ्दै जाँदा अरु काम समेत राम्रो हुँदै जान्छ ।
सो अवसरमा कार्यक्रमका अतिथी प्रमुख बालेन शाहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् । महानगरले विद्यार्थीलाई सिर्जनात्कम क्रियाकलापमा सहभागी गराउन विभिन्न शैक्षिक कार्यक्रमहरु गर्दै आएको समेत बताए ।
