काठमाडौँ- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई सरकारले हटाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा तथा जलस्रोत मन्त्रालयको प्रस्तावमा घिसिङलाई कार्यकारी निर्देशकबाट अपदस्थ गर्ने निर्णय गरेको हो। उनको ठाउँमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।
घिसिङ २०७८ साल असार अन्तिममा चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए। कार्यकाल सकिन चार महिना बाँकी रहँदा सरकारले कुलमानलाई हटाएको हो।
जवाफमा घिसिङले आफूलाई मन्त्रालयले प्रष्टीकरण सोध्ने अधिकार नभएको जवाफ दिएपछि मन्त्रिपरिषदले नै तीन हप्ताअघि घिसिङलाई प्रष्टीकरण सोधेको थियो।
उक्त प्रष्टीकरण चित्त बुझ्दो नभएको भन्दै सोमबार साँझ बसेको मन्त्रिपरिषदले उनलाई पदबाट बर्खास्त गरेको हो। घिसिङ विरुद्ध प्रधानमन्त्री ओली र ऊर्जामन्त्री खड्काले संसद र सार्वजनिक मञ्चहरूबाट पदीय गरिमालाई नै धक्का पुग्ने गरी अभिव्यक्तिहरू दिँदै आएका थिए।
