वर्ल्ड नेवाः अर्गनाइजेशन जर्मनी च्याप्टरको अध्यक्षमा पुन: भक्तपुरका कुमार नापित सर्वसम्मत चयन भएका छन् । १३ जुलाई २०२५ आईतवार लुनिबर्गमा सम्पन्न अधिवेशनबाट उनी पुन: शाखाको अध्यक्ष पदमा दोस्रो पटक चयन भएका छन् ।
त्यस्तै उपाध्यक्ष्यमा भने रामकाजि गोसाँई, सचिवमा डा. देव नापित, महासचिवमा गणेशमान तालभडेल, कोषाध्यक्ष्यमा बिन्दिरा बोहजू, सहकोषाध्यक्ष्य कमल प्रजापति रहेका छन् भने संस्कृति संयोजकमा उर्मिला बदगामी श्रेष्ठ रहेका छन् ।
यसै गरि सदस्यहरुमा शंखर महर्जन, दिनेश प्रधान, डा. राजेश साँजू, संजय श्रेष्ठ, पार्वती श्रेष्ठ, सलोनी श्रेष्ठ, सकिला राजभण्डारी चयन भएका छन् । त्यस्तै बिशेष सल्लाहाकारमा मानव कुमार श्रेष्ठ, चिरण श्रेष्ठ, डा. मन्दिरा साँयजू, नरेन्द्र श्रेष्ठ, श्रीषक श्रेष्ठ, शोम श्रेष्ठ चयन भएको हलिं नेवाः दबू जर्मनी च्याप्टरले जनाएको छ ।
वर्ल्ड नेवाः अर्गनाइजेशन विभिन्न देशमा कर्मथलो बनाएर बसेका नेपालका नेवाः समुदायको संस्था हो । स्मरण रहोस वर्ल्ड नेवाः अर्गनाइजेशन केन्द्रको ५ औं महाधिवेशन दुबई शहरमा हुदै छ।
