साउने सोमबार : भारी वर्षामा छाता ओढेर शिवालयहरूमा दर्शनार्थीहरू

आज साउनको दोस्रो सोमबार देशभरिका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ ।

गए रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको भए पनि शिवालयहरूमा भिड कम भएको छैन ।

पशुपतिनाथ, भक्तपुरको डोलेश्वर मन्दिर लगायतका शिवालयहरूमा छाता ओढेर नै दर्शनार्थीहरु पुगेका छन् ।