भीम रावल र नेकपाबीच सातबुँदे सहमति

काठमाडौं- पूर्वएमाले नेता भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबीच बुधबार ७ बुँदे सहमति भएको छ।

राजधानीमा भएको घोषणा सभाअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र अभियानका संयोजक भीम रावलले औपचारिक रूपमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिपत्रमा आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, नेता रावलको जिम्मेवारी आपसी सहमतिमा तय गर्ने, पार्टीको विधान, राजनीतिक प्रतिवेदनहरु सहमतिमा नै तयार पार्ने पत्रमा उल्लेख छ।