नेत्रहीन महिला टी-२० विश्वकप फाइनलमा टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

पहिलो नेत्रहीन (ब्लाइन्ड) महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपालले भारत विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

पी सारा ओभल मैदान, कोलम्बोमा केही समय पछि सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्न लागेको छ। यसअघि समूहचरणमा नेपाल र भारत भिड्ना नेपाल पराजित भएको थियो।

फाइनलमा बदला लिंदै नेपाल पहिलो पटक च्याम्पियन बन्ने दाउमा रहेको छ। यसअघि नेपालले शनिबार कोलम्बोको पी सारा ओभलमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तालाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। नेपालले जारी प्रतियोगितामा समूह चरणमा श्रीलंकालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले पराजित भएको थियो।

त्यस्तै, अस्ट्रेलियालाई १० विकेटले हराउँदा अमेरिकालाई ८ तथा पाकिस्तानलाई १० विकेटले नै हराएको थियो।