हेटौँडामा सडक विस्तारका लागि घरहटहरा भत्काउन थालिएपछि उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता विद्या श्रेष्ठले राजीनामा घोषणा गरेकी छन्।
हेटौँडामा सडक डिभिजनले सडक क्षेत्रभित्र परेका संरचनामा आज शनिबार (बिहानै) देखि डोजर चलाउन थालेपछि श्रेष्ठले पीडितको साथमा भन्दै उज्यालो पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा घोषणा गरेकी हुन्।
हिजो सामाजिक सञ्जालमार्फत उनले राजीनामा घोषणा गरेकी हुन् । सरकारले हेटौँडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई बिजुली काटेर अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएपछि उनले राजीनामा दिएको उल्लेख गरेकी छिन् । सडक विस्तारमा बल प्रयोग गरेर सरकारले मानव अधिकार विरोधी काम गरेको उनको आरोप छ ।
यसै गरि मानब अधिकार सचेतना केन्द्र द्वारा प्रेस_विज्ञप्तिनै निकालेर तत्काल यस्ता गतिविधिहरू बन्द गर्न माग गरेको छ। जसमा केन्द्रका सस्थापक अध्यक्ष विद्या श्रेष्ठले द्वारा जारी विज्ञप्तिमा हस्ताक्षर गरेको छ।

