काठमाडौँमा श्रम संस्कृति पार्टीको र्‍याली

काठमाडौँ — हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौं सभा आयोजना गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली निस्केर सिफल चौरमा पुगेर सभामा परिणत भएको हो ।

पार्टीको काठमाडौं उपत्यका समितिको आयोजनामा संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको हो ।

धरानका मेयरसमेत रहेका हर्क साम्पाङले पार्टी स्थापनापछि देशका विभिन्न सहरमा सभा गर्दै आएका छन् ।

गत असोज ७ मा उनी नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको थियो । धरानमा श्रमदान अभियान चलाउँदै आएका साम्पाङ नेतृत्वको पार्टीले चुनाव चिह्न पनि ‘माटोको ढिस्को’ पाएको छ ।