चोरी भएर अमेरिका पुगेका चार कलाकृति फिर्ता

काठमाण्डौ –नेपालबाट चोरी भएर अमेरिका पुगेका चार वटा ऐतिहासिक कलाकृति फिर्ता भएका छन्। अमेरिकाका बिभिन्न संग्रहालयमा राखिएका चार वटा कलाकृति फिर्ता आएको पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताउनु भयो। विभागका अनुसार फिर्ता भएका कलाकृतिमा तामाबाट निर्मित भैरवका दुई मुखुण्डा रहेका…

रातो मच्छिन्द्रनाथलाई आज पाटनको तःबहालमा ल्याइने

ललितपुृर – ललितपुृरको जावलाखेलमा भोटो जात्रा पछि बुगमतीमा लगिएको रातो मच्छिन्द्रनाथलाई आज पाटनको तःबहालमा ल्याइदैछ । १२ वर्षको जात्रा बाहेक हरेक वर्ष ६ महिना बुगमतीमा र ६ महिना पाटनमा राखिने परम्परा अनुसार रातो मच्छिन्द्रनाथलाई पाटन ल्याइन लागेको हो । ज्योतिषहरुले…

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौँ– आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो। सरकारले गत कात्तिक…

आज शहीद दिवस

काठमाण्डाै – आज शहीद दिवस मनाइँदै छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका…

ललितपुरमा जर्मन नागरिक मृत फेला

ललितपुर – ललितपुरमा जर्मन नागरिक मृत फेला परेकी छन्। ललितपुर महानगरपालिका वडा नम्बर १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी जर्मन नागरिक मृत फेला परेकी हुन्। उनी अन्दाजी ४४ देखि ५५ वर्षकी एडिलहेड स्चेनेको रहेको जिल्ला प्रहरी…

त्रिभुुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोन मार्फत विद्यार्थीलाई जानकारी दिइने र…

आँखा उपचारमा नेपालको ऐतिहासिक सफलता, २९ हप्तामा जन्मेको शिशुको आँखाको सफल शल्यक्रिया

काठमाण्डाै – नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ एलएसभी पद्धतिबाट जटिल प्रकारको आँखाको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत उपचार गरिएको हो । आँखा अस्पताल त्रिपुरेश्वरमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो ।…

उपत्यकामा सवारी दुर्घटना : ६ महिनामा ८८ को मृत्यु

काठमाडौँ – गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए। प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा…

स्वस्थानी व्रतकथा आजदेखि

काठमाण्डाै – आज पुस शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । शक्तिपीठहरुमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा पूजा आराधना गर्ने गरिन्छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले…

अब एसइईमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको नतिजा ननग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ । एसइई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ ।  बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष परीक्षार्थीले नयाँ पाठ्यक्रमअनुसार परीक्षा…