बंगलादेश बन्यो च्याम्पियन,नेपालको हार

साफ यू-२० च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग नेपाल पराजित भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४-१ गोलले पराजित हुँदा नेपालको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन। बंगलादेशले भने पहिलोपटक साफ यू-२० को उपाधि जितेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे । बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिँदा दोस्रो हाफको सुरूवाती समयमा नेपालमाथि लगातार दबाब दिएको थियो। ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरे।

७१औं मिनेटमा रब्बी हुसेनले बंगलादेशका लागि तेस्रो गोल गरे। मिराजुलले बक्सबाट दिएको बललाई लामो रेन्जमा उनले जाली चुमाए। त्यसको १० मिनेटमा समीरले गोल गर्दै खेल ३-१ ल्याए।

तर इन्जुरी समयको छैटौं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशको फराकिलो जित पक्का गरे। रब्बीले दिएको कट बललाई किक प्रहार गर्दै जियारथले रोक्ने प्रयास गरेका थिए। तर, बिट हुँदा उनले वान टचमा गोल गरे।