आज पञ्चदान पर्व मनाईंदै

काठमाण्डौ – आज भदौ कृष्ण त्रयोदशीका दिन काठमाण्डौ, भक्तपुरलगायतका ठाउँमा पञ्चदान पर्व मनाईंदैछ । नेवार समुदायको बौद्ध धर्मावलम्बीले मनाउने विभिन्न बौद्धपर्वहरु मध्ये पञ्चदान पर्व पनि एक प्रमुख हो । यो पर्व हरेक वर्षको भदौ कृष्ण त्रयोदशीमा ललितपुरबाहेक  काठमाण्डौ, भक्तपुर, बनेपा,…

कथाकार तथा साहित्यकर्मी सरस्वती तुलाधरको निधन

नेपालभाषाकी चर्चित कथाकार तथा साहित्यकर्मी सरस्वती तुलाधरको निधन भएको छ। हिजो ६८ वर्षीया तुलाधरको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। नेपालभाषा मिसा खलःकी आजीवन सदस्यसमेत रहेकी तुलाधर लामो समयदेखि विभिन्न सामाजिक तथा साहित्यिक संस्थामार्फत सक्रिय रहँदै आएकी थिइन्। नेपालभाषाको साहित्य…

ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर — ललितपुरका मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ। हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा यस वर्ष मंगलबार सम्पन्न भएको हो। कुनै पनि दैवी प्रकोप नहोस् तथा…

आज गाईजात्रा (सापारु) पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना…

आज जनै पूर्णिमा पर्व मनाइँदै

क्वाँटी मूलतः नौ प्रकारका गेडागुडीको मिश्रणबाट तयार गरिने पौष्टिक झोलिलो परिकार हो। चना, केराउ, मास, मुगी, बोडी, सिमी, भटमास, गहत र बकुल्लालाई केही दिन पानीमा भिजाएर टुसा निकालिन्छ र त्यसपछि पकाएर क्वाँटी बनाइन्छ। नेपाल भाषामा ‘क्वाँ’ को अर्थ तातो र…

नेपाल भाषाको गीत “च्या त्वँ वने नु” सार्वजनिक

काठमाडौं । नेपालभाषाको मौलिक संगीत, नेवा संस्कृति र समकालीन सिनेमाटिक प्रस्तुतिको संयोजन गरिएको नयाँ म्युजिक भिडियो ‘च्या त्वँ वने नु’ सार्वजनिक भएको छ। सङ्गीत प्रोडक्सन्सको निर्माणमा तयार भएको भिडियोमा भिन्तुना जोशी र मनिष ब्यञ्जु मुख्य भूमिकामा छन्। भिडियोको क्रिएटिभ निर्देशन,…

गुँला पर्वको अवसरमा स्वयम्भूमा सरसफाइ अभियान सम्पन्न

काठमाडौं । गुँला पर्वको अवसरमा स्वयम्भू भगवान पाउ क्षेत्रको चैत्य परिसरमा सरसफाइ अभियान सम्पन्न भएको छ। सेवा अभियानको आयोजनामा आइतबार बिहान आयोजित सरसफाइ कार्यक्रममा स्वयम्भू क्षेत्रको चैत्य तथा आसपासका स्थानमा सरसफाइ गरिएको हो। गुँला पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा…

एक महिने गुंलापर्व आजबाट सुरु

काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुंलापर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने…

आज नेवा: समुदायले गठेमंगल पर्व मनाउदै

आज नेवा: समुदायले गठेमंगल पर्व (गथांमुगः) मनाउदै छन् । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ । आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ ।…

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५, नेपाली समाजमा परम्परागत रूपमा खीर खाने दिनका रूपमा मनाइँदै छ। घरघरमा दूध, चामल, चिनी, घिउ, काजु, किसमिसलगायत सामग्री प्रयोग गरी खीर बनाएर परिवार, आफन्त र इष्टमित्रसँग बाँडेर खाने चलन रहेको छ। नेपाली परम्पराअनुसार असार १५ मा दही–चिउरा…