कतारका राजा थानी आज नेपाल आउँदै

काठमाण्डौ – कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने भ्रमणका लागि आज काठमाण्डौ आउँदै हुनुहुन्छ । उहाँ बेलुका बङ्गलादेशको राजधानी ढाकाबाट विशेष विमानमार्फत् काठमाण्डौ अवतरण गर्ने तालिका छ । अमिर थानीलाई आज बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

बालाजुको बाइसधारामा मेला , ल्हुति पूणिर्माको महत्व

काठमाडौंको बालाजु बाइसधारामा आज मेला लागेको छ । बौद्ध र हिन्दू धर्मावलम्बीहरू दुवैको आस्था केन्द्रको रूपमा रहेको बालाजु र नागार्जुन क्षेत्रमा चैत शुक्ल पूणिर्माका दिन दर्शनार्थी विशेष गरी नुहाउनका लागि आउँछन् । नेवार समुदायले यो दिनलाई ल्हुतिपुन्हीका रुपमा मनाउँछन् ।…

पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान

काठमाडौं– नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ । ललितपुरको गोदावरीमा आज सोमबार भएको नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा  पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान दिइएको…

नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्रा भोलिदेखि

काठमाण्डौं – साँखुमा रहेको नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्रा भोलि मंगलबारबाट सुरु हुँदैछ। हुनतः बैशाख ४ गते अष्टमीका दिन बज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा सुरु भएको मानिन्छ । तर पनि भोली पूर्णिमाका दिन भने बज्रयोगिनी माता, चैत्य…

भोलि सार्वजनिक बिदा

काठमाडौं – कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयो। कतारका अमिर (राजा) शेख तमिम…

मनमैजुमा अजिमा जात्रा सुरु

काठमाडौँ– ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको तारकेश्वर नगरपालिकाको प्राचीन नेवार बस्ती मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु भएको छ ।जात्राको पहिलो दिन आज तारकेश्वर महादेवको जङ्गलमा रहेको सल्लाको रुखलाई विधिपूर्वक पूजा गरी काटेर ल्याई यःसिका रूपमा मन्दिर अगाडि ठड्याएर अजिमाको…

अन्तर क्याम्पस नेपालभाषा कविता प्रतियोगितामा सविना महर्जनको कविता प्रथम

अन्तर क्याम्पस नेपालभाषा कविता प्रतियोगितामा सविना महर्जनको कविता ‘छं ब्यूगु गोलिं’ प्रथम भएको छ । ललिततपुरको बालकुमारीमा रहेको इपिएस कार्यालय अगाडि भएको गोली काण्डको घटनालाई लिएर लेखिएको महर्जनको कविताले प्रथम पुरस्कारसहित १५ हजार रूपैया प्राप्त गरेको हो। त्रिभुवन विश्व विद्यालय…

सेतो मच्छिन्द्रनाथको जात्रा आज सकिदै

काठमाडौंको सेतो मच्छिन्द्रनाथको जात्रा आज सकिदैछ । आज लगनमा रहेको मूर्तिलाई रथबाट निकालेर खतमा राखेर दलाछि, भीमसेनस्थान, मरु, हुँदै जनबहालमा रहेको मन्दिरमा लगिनेछ । मच्छिन्द्रनाथलाई लगनमा रहेको रथबाट निकालेर खटमा राखेर सिन्दुर जात्रा सहित केलटोलमा रहेको मन्दिरमा फिर्ता लगे पछि…

टोखाको पाँचदिने विस्का नखः सम्पन्न

धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व रहेको काठमाण्डौको टोखामा मनाईंने विस्का नखः हिजो सम्पन्न भएको छ । चैत मसान्तदेखि सुरु भएको जात्रा सम्पन्न भएको हो । वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको नेवा…

आज रामनवमी पर्व मनाइँदै

आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा…