काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत फाइनल गेममा ल्वंचामरि पहिलो र अँयठामरि दोश्रो भएका छन्।
गएको शनिबार ल्वंचामरि, प्यारामरि, चतामरि, र अँयठामरि विच भएको फाइनलमा ल्वंचामरिले २१०, अँयठामरिले ११०, चतामरिले ६५ र प्यारामरिले ४५ अंक ल्याएका थिए।
काठमाण्डाैं खिचापोखरीको अनलिमिटेड टेक्नोलोजीमा गएको शनिबार भएको गेममा निर्णायकका रूपमा पाैभा सायमि, प्रेमहिरा तुलाधर र राकेश महर्जन तथा क्विज मास्टरको भूमिका डा नरेश शाक्यले निभाउनु भएको थियो।
गेम शुरूहुनु भन्दा अघि डब्ल्यूएनओ नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ तथा सहकोषाध्यक्ष मंगलरत्न ताम्राकारले सेमिफाइनल विजेता टीमहरू ल्वंचामरि र चतामरिलाई ८० अमेरिकी डलर नगद पुरस्कारबराबरको चेक प्रदान गर्नु भएको थियो।
यो पनिः दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको तालिका सार्वजनिक
यो पनिः विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको दोश्रो चरणको तालिका सार्वजनिक
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको पहिलो गेममा ल्वंचामरि र यःमरि विजेता र उपविजेता
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको दोश्रो गेममा छुँचुमरि र अँयठामरि विजेता र उपविजेता
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको तेश्रो गेममा लवंतिकामरि र प्यारामरि विजेता र उपविजेता
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको चौथो गेममा चतामरि र ग्वारामरि विजेता र उपविजेता
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: ल्वंचामरि र प्यारामरि फाइनलमा प्रवेश
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: चतामरि र अँयठामरि फाइनल प्रवेश
अन्तिम प्रतियोगितामा पहिलो हुने टीमलाई १,००० अमेरिकी डलर, दोश्रो ८०० अमेरिकी डलर, तेश्रोलाई ६०० अमेरिकी डलर र सान्त्वनालाई ४०० अमेरिकी डलर पुरस्कार मंसिर ९ गते हुने कार्यक्रममा प्रदान गरिने डब्ल्यूएनओले जनाएको छ।








