सामाखुसीबाट खोलाले बगाएर बेपत्ता बालकको शव दक्षिणकालीमा फेला

काठमाण्डाै – सामाखुसीमा नालामा खसेर बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्काको बाग्मती नदी किनारमा मृत फेला परेका छन् । मगरलाई साउन ७ गते काठमाण्डाैकाे सामाखुसीमा आएको बाढीले बगाएको थियो । काठमाण्डाै प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलका…

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाण्डाै – प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस हुनुभएकाे छ । आज बिहीवार बसेकाे संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयाे । श्रेष्ठ सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हुनुहुन्छ । अब संसद्‌को संसदीय सुनुवाइ समितिले…

खाना पकाउने ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको बढ्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक…

सुनचाँदी कारोबार सम्बन्धी कार्यविधि बन्दै

काठमाण्डौ – सुनचाँदी कारोबार सम्बन्धी कार्यविधि बन्ने भएको छ । यस सम्बन्धमा सुनचाँदी ब्यवसाय क्षेत्रमा आवद्ध तीन महासंघ बीच मंगलबार छलफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ सम्मिलित संयुक्त कार्यदलले तीनै…

तस्विरमा ट्यांकरको ठक्करले क्षति पुर्‍याएको महांकाल मन्दिर

काठमाण्डौं – पानी ट्यांकरको ठक्करले क्षति पुर्‍याएको काठमाण्डौं महांकाल मन्दिरलाई अहिले पालले छोपेर टेको लगाएर राखिएको छ। १२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तासहित भित्तामा राखिएको मूर्तिलाई पनि क्षति पुर्‍याएको थियो। त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २…

कला इतिहासकार संयुक्त श्रेष्ठसँग अमोघपासको तान्त्रिक कलाका बारेमा अन्तरक्रिया हुने

काठमाण्डौ – काठमाण्डौको म्यूजियम अफ नेपाली आर्ट (मोना) ले कला इतिहासकार संयुक्त श्रेष्ठसँग नेपालको परम्परागत मूर्तिकलाको आइक्नोग्राफीमा नेपालको तान्त्रिक बौद्ध धर्मको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ। लेट्स टक आर्ट कार्यक्रम अन्तर्गत कला इतिहासकार श्रेष्ठसँग अमोघपासको तान्त्रिक कलाका बारेमा ठमेलको…

आज साउन १५ : खीर खाने दिन

काठमाण्डाै –आज नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर…

सुन तस्करी प्रकरणःथप एक पक्राउ

काठमाण्डाै –  राजस्व अनुसन्धान विभागले एकसय केजी सुन तस्करी प्रकरणमा काठमाडौंको ठमेलबाट एकजनालाई पक्राउ गरेको छ । विभागको टोलीले गएराति ठमेलस्थित भियाना होटलबाट तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । होटलबाट विभागको टोलीले केही सामग्रीहरु पनि बरामद गरेको…

सारुक ताम्राकारको मोबाइल परीक्षण गर्दा भेटियो सुसाइड नोट

काठमाण्डाै – आफ्नै घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा प्रहरीले अनुसन्धानको क्रममा सुसाइड नोट फेला पारेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो । जिल्ला…

हरिसिद्धिमा महिला उद्यमीद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्रि मेला

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर २९ हरिसिद्धिमा महिला उद्यमीद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्रि मेला आयोजना गरिएको छ। वडा नम्बर २९ को आयोजनामा रूपान्तरण हस्तकला गोदावरी १४ थैवको समन्वयमा शनिबार स्थानीय महिला समूहद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्रि मेला…