बालबालिकाको हातबाट नेपाल संवत् ११४७ को क्यालेन्डर विमोचन

काठमाडौं । नेवा: देय् दबू काठमाडौं महानगरपालिका वडा नं. २५ समितिको आयोजनामा नेपाल संवत् ११४७ को अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। प्रदीप्त पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा परम्पराभन्दा फरक शैली अपनाउँदै बालबालिकाको हातबाट क्यालेन्डर विमोचन गरिएको…

पहाडी र हिमाली भेगमा हल्का वर्षा

काठमाण्डौ –  आज केही ठाउँमा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम किसिमको वर्षा र…

पुस्तौंदेखि सामाजिक सेवामा श्रेष्ठ परिवार, बुवाले सुरु गरेको परम्परालाई गणपतिलालले दिँदै निरन्तरता

स्व. चैतन्यलाल श्रेष्ठले आफ्नो जीवनकालदेखि नै सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो। उहाँ नेपालमा १० वर्षसम्म पदयात्रा गर्ने पहिलो पदयात्री तथा वरिष्ठ समाजसेवीका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको सामाजिक सक्रियताको एउटा ऐतिहासिक प्रमाणका रूपमा वि.सं. २०१३ सालतिर…

डब्लुएनओद्वारा रसुवाका ३८ बाढी प्रभावित परिवारलाई राहत वितरण

काठमाडौं। वर्ल्ड नेवाः अर्गनाइजेशन (डब्लुएनओ) ले रसुवाका बाढी प्रभावित ३८ परिवारलाई राहत सामग्री वितरण गरेको छ। नेपाल संवत् ११४६ कौलागा सप्तमी (२०८३ कार्तिक १५ गते) आइतबार डब्लुएनओले नेपाल च्याप्टरको समन्वय तथा व्यवस्थापनमा दोस्रो चरणअन्तर्गत रसुवाका बाढी प्रभावित परिवारलाई राहत सामग्री…

वडा नं. २३ को प्रशासनिक भवन तथा जुद्ध बारुण यन्त्रको पुनर्निर्मित भवन उद्घाटन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ‘हरेक वडामा आफ्नै प्रशासनिक भवन’ निर्माण गर्ने नीतिअनुसार निर्माण गरिएको वडा नं. २३ को नयाँ प्रशासनिक भवन तथा नेपालको पहिलो दमकल सेवा ‘जुद्ध बारुण यन्त्र’को पुनर्निर्मित भवनको उद्घाटन गरिएको छ। बसन्तपुरस्थित जुद्ध बारुण यन्त्र कार्यालय परिसरमा…

प्रेमशान्ति तुलाधरको ‘नेपालभाषा साहित्यया इतिहास’को दोस्रो संस्करण विमोचन हुँदै

काठमाडौँ। नेपालभाषाको खोज तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी प्रा. प्रेमशान्ति तुलाधरद्वारा लिखित पुस्तक ‘नेपालभाषा साहित्यया इतिहास’ को दोस्रो संस्करण विमोचन हुने भएको छ। नेपालभाषा साहित्यको ऐतिहासिक पृष्ठभूमि, विकासक्रम तथा साहित्यिक योगदानलाई समेटिएको उक्त अनुसन्धानात्मक कृतिलाई गहन अध्ययन तथा अनुसन्धानपछि…

आज देशभर बदली, कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीको पश्चिम–मध्य भूभाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल बागमती…

आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो

काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरमा सोमबार आफैंले बसमा आगो लगाउँदा मृत्यु भएका चालकको वास्तविक परिचय खुलेको छ। सुरुमा काभ्रेका दावा लामा भनिए पनि उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ तामाङ भएको पुष्टि भएको हो। इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा ब्लोनका…

नेपालभाषा अध्ययनरत ७ विद्यार्थीलाई वर्ल्ड नेवाः अर्गनाइजेसनको छात्रवृत्ति

ललितपुर । वर्ल्ड नेवाः अर्गनाइजेसनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन संयुक्त क्याम्पसमा स्नातक तहमा नेपालभाषा तेस्रो वर्षमा अध्ययनरत सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्याम्पस प्रमुख डा रघुवीर बिष्ट उपस्थिति रहेको थियो । नेपालभाषा शिक्षण समितिकी…

ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर — ललितपुरका मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ। हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा यस वर्ष मंगलबार सम्पन्न भएको हो। कुनै पनि दैवी प्रकोप नहोस् तथा…