काठमाडौं – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो। गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आजदेखि सदनमा छलफल सुरु हुनेछ।
यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ।
