अपराजित रहँदै नेपालले जित्यो उपाधि

काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ।

शुक्रबार सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि उठाएको हो।

अपराजित एक मात्र टोली बनेको नेपालले सर्वाधिक १० अंक बटुल्यो। ओमान ८ अंकमै सीमित भयो। यद्यपि, यी क्षेत्रबाट नेपाल र ओमानसँगै यूएईले पहिला नै विश्वकपमा स्थान बनाइसकेका थिए।

समूह चरणमै जापानलाई पराजित गर्दै सुपर सिक्समा दुई अंक लिएर आएको नेपालले यूएई,ओमान र कतारलाई पराजित गरेको थियो।