काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ । स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेकाे हाे । नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स २ सय २० रन बनाउँदै…
काठमाडौं । काठमाडौं टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ । आज मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ब्राउन सुगरका कारोबारीमाथि गोली चलाएको हो । ब्युरोका प्रवक्ता एवं एसपी जनकबहादुर शाहीका अनुसार, गोली चलाउँदा दुई जना घाइते भएका छन् ।
काठमाडौं । कम्प्युटर प्रणालीमा समस्या आउँदा मंगलबार दिउँसो नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार दूर सञ्चार प्रणाली र बिलिङ प्रणालीबीचको इन्टरफेसमा समस्या आएको ९ओसीएस० कारण त्यस्तो भएको हो । ओसीएसकै कारण मंगलबार अपराह्न २…
काठमाडौं । नेपाल प्रहरीले सोलुखुम्बुको गोक्यो तालमा आत्महत्याको योजना बनाएका ३६ वर्षीय चिनियाँ पर्यटक छेई हुवाङको उद्धार गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावास र पेम्बा शेर्पाबाट जानकारी प्राप्त भएपछि पर्यटक प्रहरीको टोलीले मंगलबार बिहान उनलाई सकुशल उद्धार गरेको हो ।हुवाङले…
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्पाल कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । उनलाई धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको एसएसपी अधिकारीले बताए । उनीसहित नेपाल विद्यार्थी…
काठमाडौं । अमेरिकाबाट नेपाल फिर्ता हुने नेपालीको आँकडा बढ्दै गएको छ । वैध रूपमा अमेरिकामा बसोबास गर्ने र त्यहाँको कानून उल्लङ्घन गरेपछि निष्कासित भई नेपाल फर्कनेको संख्या बढेको हो । पछिल्लोपटक अमेरिकाबाट आइतबार राति ३७ जना निष्कासित भएर फर्केका थिए…
काठमाडौँ- तीनकुने घटनाका थुनुवाहरूलाई मंगलबार काठमाडौँ जिल्ला अदालत ल्याइएको छ। उनीहरूलाई जिल्ला अदालतमा ल्याएर आज पनि थुनछेक बहस जारी छ। गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा मानवीय तथा भौतिक क्षति भएको थियो। सोही प्रकरणमा…
काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको तेस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।…
काठमाडौँ- काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि सुरु भएको छ । जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा सुरु भई २८ गतेसम्म चल्नेछ । परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप…
कञ्चनपुर- बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुखस्तरीय निर्णयअनुसार…