‘सबैलाई छोडेर’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, गायक सज्जु मानन्धरले लामो समय पछि आफ्नो पहिलो गीत ‘सबैलाई छोडेर’ को रिमेक गर्नुभएको छ । गीतमा दुई दशकअघिका कलाकार र निर्देशकलाई नै दोहर्‍याइएको छ । वरिष्ठ गीतकार दिनेश अधिकारीले सोमबार एक कार्यक्रमबिच गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभयो ।…

सार्वजनिक यातायात बन्दपछिको काठमाडौँ (तस्बिरहरू)

काठमाडौँ– यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सोमबार देशभर सार्वजनिक यातायत बन्द गरेका छन्। बन्दले गर्दा देशभर सार्वजनिक यातायात चढ्ने यात्रु मारमा परेका छन्। काठमाडौँ उपत्यकामा पनि बिहान सार्वजनिक यातायात नचल्दा यात्रुले हैरानी बेहोरेका थिए।…

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । आइतबार तोलाको १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको १ लाख ८९ हजार ८०० सयले कारोबार भैइरहेको छ…

राजसंस्थापक्षधरले आज आन्दोलन नगर्ने, दीप प्रज्ज्वलन गर्ने

काठमाडौँ– राजसंस्थापक्षधरले आन्दोलनको पाचौँ दिन आज सोमबार आन्दोलन नगर्ने भएका छन्। जेठ १५ गतेदेखि राजसंस्था, हिन्दुराज्य स्थापनाको माग गर्दै राजसंस्थापक्षधरहरूले निरन्तर आन्दोलन गर्दै आएका थिए। आन्दोलनको चौथो दिन प्रहरीको बल प्रयोग र धरपकडपछि अन्योलमा रहेका राजसंस्थापक्षधरहरूले सोमबार आन्दोलन नगर्ने बरु…

नोटमा पृथ्वीनारायणको तस्बिर राखौँ: सांसद थापा

नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन्। सोमबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (वाफिया)बारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राख्न सकिने प्रस्ताव गरेका हुन्। उनले…

आज जेठ १९ दरबार हत्याकाण्डको २४ वर्ष पुरा

काठमाडौं । तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको २४ वर्ष पुरा भएको छ। तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको वर्ष बितेपनि त्यसको रहस्य गर्भमा नै छ । विश्वले नै बिर्सनै नसक्ने त्यो रात सम्झँदा जीउ सिरिङ हुन्छ। राजा वीरेन्द्रको परिवारको संझना आउँछ…

संयुक्त जनआन्दोलन समितिद्वारा उपत्यका बन्द फिर्ता

काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले जेठ १९ गतेका लागि घोषित उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ। समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा यो जानकारी दिइएको हो। जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका समितिका सबै सदस्यहरू रिहा भएको…

कमल थापा र दीपक सिंह रिहा

काठमाडौं । राजावादीको प्रदर्शनका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता एवम् सांसद दीपक सिंहसहित पक्राउ परेका आठ जनामध्ये सात जनालाई रिहा गरिएको छ । प्रहरीले उनीहरुलाई जिम्मा जमानीमा छोडेको हो । अर्का एक जना डा. राजिव झाले भने मापसे…

भोलि उपत्यका बन्द गर्ने राजसंस्था पक्षधरको घोषणा

काठमाडौं । राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका…

एम्बाप्पेले छाडेकै सिजन पिएसजीले जित्यो च्याम्पियन्स लिग

ऐतिहासिक रुपमा पेरिस सेन्ट-जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि पहिलो पटक जितेको छ। इन्टरमिलान माथि गोल वर्षा गर्दै पिएसजीले उपाधि जितेको हो। शनिबार राति भएको खेलमा इन्टर मिलानलाई ५-० ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो। फ्रेन्च लिग वान च्याम्पियन…