म्याग्दीको मुदी केन्द्रविन्दु भएर भूकम्पको धक्का

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदी केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेट जाँदा मुदीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का धौलागिरि गाउँपालिकाको मुदीका साथै मुना, ताकम,…

११५औँ अन्तरराष्ट्रिय महिला दिवस आज मनाइँदै

काठमाडौँ, २४ फागुन । ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका…

बेलौरी नगरपालिका–३ का वडाध्यक्ष रिजालको निधन

बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गए राति निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो । आज दिउँसो १० बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका…

पूर्वराजाको पक्षमा १० हजार मान्छे सडकमा आउने गृह मन्त्रालयको आँकलन

काठमाडौँ – आइतबार हुने राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलामा १० हजार मान्छे उपस्थित हुने गृह मन्त्रालयले आँकलन गरेको छ। पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन्। राप्रपा, दुर्गा…

गण्डकी कोटीहोमः महानगरपालिकाले भूमिपूजा रोक्न खोज्दा लेकसाइड तनावग्रस्त

काठमाडौं । कोटीहोम आयोजकले गर्न लागेको भूमिपूजा पोखरा महानगरपालिकाले रोक्न खोजेपछि तनाव उत्पन्न भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहानका लागि भूमिपूजा गर्ने साइत निकालिदिएको थियो । पोखरा महामनगरपालिकाले कोटीहोमका लागि अनुमति नदिइएको दाबी गर्दै आएको छ ।…

२५ वर्षपछि भारत र न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा भिड्दै

काठमाडौँ – भारत र न्युजिल्यान्ड २५ वर्षपछि आइतबार च्याम्पियन्स ट्रफीको फाइनलमा प्रतिस्पर्धा गर्दै छन्। दुबईमा हुने उपाधि भिडन्तमा दुवै टोली आफ्नो बलियो छवि कायम राख्दै च्याम्पियन बन्ने लक्ष्यमा छन्। सन् २००० मा नैरोबीमा यी दुई टिम च्याम्पियन्स ट्रफीकै फाइनलमा भिडेका…

बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

काठमाडौंको बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै र‌ङ्गहरुको पर्व होली सुरु भएको छ । बिहान ८:३३ को शुभ साइतमा रंगीचंगी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको करिब ३२ फिट अग्लो बाँसको चीर ठड्याएका थिए ।…

पाङ्ग्रा बिनाको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौँ- बिहीबार अपराह्न जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ। जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बुझिएको छ। उक्त जहाजमा ६२ यात्रु थिए। अगाडिका दुईमध्ये एक पाङ्ग्रा हराएको…

अभिनेत्री गौरी मल्ललाई मातृशोक

काठमाडौं । अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उनकी ८८ वर्षिया आमा हेमकुमारीको विहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको छ । हेमकुमारीको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ । उनको शवलाई अस्पतालबाट आर्यघाट लगिएको चलचित्र…

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि निरन्तरता पाएको छ। सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज दुई दशमलव ७० अङ्कको गिरावट पछि दुई हजार आठ सय १८ दशमलव ४३ को विन्दुमा कायम भएको हो। बिहीबार तीन सय…