रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्। रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले राखेकी छन्। लामिछाने सहकारी…

कालिमाटीमा सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । कालीमाटी चोकमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई गोली हानेका थिए। काठमाडौँलगायत देशका अन्य स्थानमा पनि सुरक्षाकर्मीले मंगलबार पनि गोली हानेका छन्।

राष्ट्रपतिको बोहराटारस्थित घरमा आगजनी

प्रदर्शनकारीहरूले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन्। सरकारी कार्यालय, नेताहरूका निवास घर तथा कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर…

प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् । आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको…

सुरक्षाकर्मीको नियन्त्रण बाहिर काठमाडौं

२४ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा सरकारले दमन गरेपछि उग्र बनेको प्रदर्शन सुरक्षाकर्मीको नियन्त्रण बाहिर पुगेको छ । सडकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको नियन्त्रणभनदा बाहिर काठमाडौं छ । १९ जना विद्यार्थीको मारिएपछि उग्र बनेको आन्दोलनले…

सर्वोच्चसहित उपत्यकाका अदालतमा सुनुवाइ स्थगित

जेनजी पुस्ताको आन्दोलनका कारण उपत्यका अदालतहरुको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालत, उच्च अदालत पाटनले सूचना नै निकालेर मंगलबारका लागि सम्पूर्ण पेशी सूची स्थगित गरेको जानकारी दिएका छन्। १९ युवाको ज्यान गएपछि देशभर आन्दोलन चर्किएको छ। उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु…

काठमाडौँको कलङ्कीमा गोली चल्यो, चारजना घाइते

काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

खानेपानीमन्त्री यादवले राजीनामा दिने तयारी

२४ भदौ, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पनि राजीनामा दिने भएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए । उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिन लागेको बताएका छन् । यसअघि…

देउवाको धनगढी निवासमा आगजनि

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले अहिले नेताको घरलाई अहिले निशाना बनाइरहेका छन् । सोही क्रममा एक समूहले धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनि गरेको छ । प्रदर्शनकारी आक्रोशित बन्दा प्रहरीलाई सम्हाल्न हम्मेहम्मे परेको छ ।