उद्धारको काम सकिएपछि त्रिभुवन विमानस्थल खुल्यो

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज बिहान सौर्य एअरलाइन्सकाे विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । उद्धारका क्रममा एक घण्टा बन्द भएको विमानस्थल अहिले नियमित सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।…

त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना, क्याप्टेनकाे जीवितै उद्धार, १८ जनाको ज्यान गयो

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ । आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको…

आजदेखि काठमाडौं उपत्यकामा पोलियो खोप लगाइँदै

काठमाडौं, भक्तपु र ललितपुरमा आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ ।पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । आजदेखि शुरु हुने अभियान १२ गते शनिवारसम्म चल्नेछ…

असन टोलको यिताः चपाःको शिलान्यास

काठमाण्डौं महानगरपालिका वडा नम्बर २७ मा अबस्थित असन टोलको यिताः चपाःको पुनःनिर्माण कार्य शुरु भएको छ । २७ वडाको वडाअध्यक्ष योगेश कुमार खड्गीको नेतृत्वमा पुनःनिर्माणको कार्य शुरु भएको हो । आज पुनःनिर्माण गर्ने क्रममा ​आसनमा यिताः चपाःको शिलान्यास सम्पन भएको…

न्यूरोडको फुटपाथ विस्तारको विरोध गर्दै स्थानीय फेरि विरोधमा उत्रिए, सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ

काठमाडौं महानगरपालिकाले सुरु गरेको न्युरोडको फुटपाथ विस्तारलाई स्थानीयबासीले विरोध गरेका छन् । गत बुधबारदेखि पुनः सुरु गरिएको विस्तारको कामलाई स्थानीयले फेरि विरोध गरेका हुन् । स्थानीयबासीसँगै काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जन पनि विरोधमा उत्रिएका छन् ।…

होटल व्यवसायी अम्बिका श्रेष्ठको निधन

काठमाडौँ-  होटल व्यवसायी अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो समय उहाँ निमोनिया र बाथरोगबाट पीडित हुनुहुन्थ्यो। दार्जिलिङमा जन्मिएकी श्रेष्ठले नेपालको प्रसिद्ध  द्वारिका होटलको स्थापना गर्नु भएको थियो। स्पेनका…

आज हरिशयनी एकादशी , तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार…

शेयर बजारमा छायो उत्साह : नाघ्यो २३ सय अंक, २६ महिनाकै उच्च

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ७०.१८ अंकले बढेको छ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अर्थ मन्त्रालयको बागडोर सम्हाल्नु भएको भोलिपल्ट नेप्से परिसूचक एकैदिन ७०.१८ अंकले बढ्दै बजारमा उत्साह छाएको हो । पौडेलले सोमवार कार्यभार सम्हाल्नु भएको हो ।…

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण, मन्त्रिपरिषद् विस्तार

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको तर्फबाट उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेकपा एमालेबाट उपप्रधान…

कोलम्बियाको सपना खरानी पार्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ। मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त…