काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको हो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको…

फूटपाथमा पसल राख्न दिनु पर्ने मागको विरोधमा स्थानीयको प्रदर्शन

ललितपुर – ललितपुरको मंगलबजारदेखि लगनखेलसम्मको फूटपाथमा पसल राख्न नदिने ललितपुर महानगरपालिकाको निर्णयको पक्ष र विपक्षमा पुल्चोकमा रहेको महानगरपालिका भवन अगाडि  प्रदर्शन भएको छ। फूटपाथमा व्यापार गर्न दिनु पर्नेमाग सहित प्रदर्शन गर्न आएका  सामाजिक अभियन्ता ईको विरोधमा ललितपुरका स्थानीयले फूटपाथमा पसल…

पशुपतिमा देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख

काठमाण्डाै –  पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिएको छ । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई देखाउने गरिन्छ…

मंसिर २८ देखि काठमाडौंमा २० औँ हस्तकला व्यापार मेला हुँदै

मंसिर २८ गतेदेखि पुस २ गतेसम्म २० औँ हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको आयोजनामा काठमाडौंको अन्नपूर्ण होटेलमा २० औँ हस्तकला व्यापार मेला आयोजना हुने भएको हो । सोमबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अन्तर्राष्ट्रिय…

आज बाला चतुर्दशी, पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको घुइँचो

काठमाण्डाै – आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा सोमबार सबेरैदेखि शतबीज छर्ने क्रम शुरु भएको छ। यसअघि आइतबार साँँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेका थिए। त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप बाली रातभर जाग्राम बस्ने…

धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प

काठमाण्डाै – धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास…

पशुपतिमा बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा

पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । कोषका अनुसार बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट…

पाकिस्तानविरुद्ध नेपाल सात विकेटले पराजित

यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध नेपाल सात विकेटले पराजित भएको छ । शुक्रबार युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा नेपालले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानको…

यी ठाउँमा शतबीज नछर्न कोषको आग्रह

काठमाण्डाै – बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । कोषले आज शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो । कोषले ढुङ्गा छापेको…

प्लास्टिकका क्रिसमस ट्री राख्न महानगरको निषेध

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस ट्री राख्न निषेध गरेको छ। प्लास्टिकका क्रिसमस ट्री सजावट गरे वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरीले जनाएको छ। विभिन्न सपिङ मलले प्लास्टिकका क्रिसमस ट्री राखेर सजावट गर्न थालेपछि महानगरले यस्तो नियम ल्याएको…