मंसिर २८ देखि काठमाडौंमा २० औँ हस्तकला व्यापार मेला हुँदै

मंसिर २८ गतेदेखि पुस २ गतेसम्म २० औँ हस्तकला व्यापार मेला हुने भएको छ ।

नेपाल हस्तकला महासङ्घको आयोजनामा काठमाडौंको अन्नपूर्ण होटेलमा २० औँ हस्तकला व्यापार मेला आयोजना हुने भएको हो ।

सोमबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्नु मेलाको मुख्य उद्देश्यले मेलाको आयोजना गर्न लागेको बताएको छ ।

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यापार मेलासँगै १८ औँ हस्तकला प्रतियोगिता आयोजना समेत आयोजना गरिने बताए।

उनले मेलाको मुख्य उद्देश्य निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने र अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहनाअनुरूप वस्तु डिजाइन गर्ने रहेको बताए।

उनले मेलामा स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान हुने समेत बताए।

उनले मेलामा महासंघको १ करोडभन्दा बढी खर्च हुने बताए। उनले अहिलको अवस्थामा मेला आयोजना गर्न चुनौती रहेको बताए।