हवाई इन्धनको मूल्य घट्यो

काठमाण्डाै- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । हवाई इन्धनको नयाँ मूल्य केही मात्रामा घटेर आएको बताउँदै निगमले मूल्य समायोजन गरेको जानकारी दिएको हो । निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ…

अमेरिकालाई नेपालले ६ विकेटले हरायो

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्‍यो। अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गर्दै…

बझाङ जीप दुर्घटनामा सुदूरपश्चिमका मन्त्री सिंहसहित तीन जनाकाे मृत्यु

बझाङ – बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे ज्यान गएकाे छ ।  दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे काेहलपुर मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव…

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा राखियो पेसमेकर

काठमाण्डाै- राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ। मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको स्रोतले जानकारी दिएको छ। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । पौडेलको मुटुको धडकन अस्थिर…

दार्चुलामा भूकम्प

काठमाडौं –दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुलाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज मङ्गलवार बिहान ४ बजेर ५५ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गएकाे…

आईसीसी एक दिवसीय विश्वकप छनोटमा आज नेपालले अमेरिकाको सामना गर्ने

काठमाडौं –आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालले आज (मङ्गलवार) अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचकाे खेल नेपाली समयअनुसार दिउँसाे पाैने १ बजे हरारेकाे टाकासिंगा स्पाेर्ट्स क्लबमा हुनेछ । आजकाे खेलमा दुवै टाेली पहिलाे जितकाे खाेजीमा हुनेछन् । नेपाल र अमेरिका दुवैले आफ्नाे पहिलाे…

पाँचतले मन्दिरको ३२१ औं वर्षबन्धन सम्पन्न

काठमाण्डाै- विश्व प्रसिद्ध पाँचतले मन्दिरमा  झण्डोत्तोलन गरेर ३२१ औं वर्षबन्धन मनाइएको छ। स्थानीय नेपाल भाषामा वर्षबन्धनलाई बुँसादँ भनेर भनिन्छ। सोमबार पाँचतले मन्दिरको बुसादँ मनाइएको हो। हरेक वर्ष पाँचतले मन्दिरको बुसादँ असार शुक्ल प्रतिपदाका दिनमा मनाइन्छ।  बुसादँको अवसरमा मन्दिरभित्र रहेको सिद्धिलक्ष्मी…

चार दलद्वारा समाजवादी मोर्चा घोषणा

काठमाण्डाै- सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् ।  भृकुटीमण्डपस्थित  राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा…

खातामा पैसा नभई आईपीओ भरेमा कारबाही हुने

काठमाण्डाै-  बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात् आईपीओ भरेमा कारबाही हुने भएको छ । घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एक…

काठमाण्डौमा भारतीय चलचित्र प्रदर्शनमा रोक

काठमाण्डौ  – काठमाण्डौ महानगरपालिकाले आज सोमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनअनुसार आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लागेको हो । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने…