राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

काठमाण्डाै- राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना हुनु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।  राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको उहाँका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले…

ललितपुरको इमाडोलमा बस दुर्घटना

ललितपुर – ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।  शनिबार बिहान लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस सडकमै पल्टिएको हो। प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार घाइते सबैको अवस्था सामान्य छ। बी…

रातो मच्छिन्द्रनाथको जात्रा सकिएको सन्देश पुर्‍याउन सप्तपाताल पोखरीमा आज माछा छोडिने

ललितपुर – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथजात्रा सम्पन्न भएको सन्देश इन्द्रलोक र यमलोकमा पठाउनका लागि आज विशेष पुजा हुँदैछ। आजको पुजालाई रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा क्रममा हुने अन्तिम पूजाको रूपमा लिइन्छ। यसवर्षको रातो मछिन्द्रनाथ र…

नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री खाण र रायमाझीसहित १६ जनालाई जेल पठाउन आदेश

काठमाडौं –नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाण्डाै जिल्ला अदालतले पूर्वमन्त्रीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ । शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजीत राई, निलम्बित सचिव…

नेपालमा पहिलो पटक मङ्कीपक्स सङ्क्रमण पुष्टि

काठमाडौं –नेपालमा पहिलो पटक ‘एमपक्स’ अर्थात् मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर एक जनामा मङ्कीपक्सको लक्षण देखिएर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।  नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण…

६ वटा प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं –६ वटा प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । त्यसअनुसार आज मधेस, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र…

नक्कली शरणार्थी प्रकरणमा आज थुनछेक आदेश आउने

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु पुर्पक्षका लागि थुनामा जाने वा तारेखमा छाड्ने भन्ने आज निर्क्योल हुने भएको छ । जिल्ला अदालत काठमाडौंले आज अपरान्हसम्म यो प्रकरणमा पक्राउ परेका १८ जना आरोपितका बारेमा थुनछेक आदेश गर्ने भएको छ…

आजबाट लामो दूरीका सवारी गोंगबु बसपार्कबाट मात्र छुटिने र रोकिने

काठमाडौं – काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन  आजबाट गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन्। असार १ गतेबाट महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएको महानगरपालिकाका ट्राफिक सल्लाहकार…

बेटिङ प्रचारको आरोपमा कलाकार राजु मास्टर र बल्छी धुर्वेसहित ८ जना पक्राउ

काठमाडौं – वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो। जसमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्यकलाकार ‘बल्छी ध्रुवे’ मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय ‘म्याकुरी’ पवन…

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुमा समस्या देखिएपछि हिजाे उहाँलाई बाँसबारीमा रहेकाे शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएकाे थियाे । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा…