सरकारले ल्यायाे १७ खर्ब ५१ अर्ब रुपैयाँकाे बजेट (पूर्ण पाठसहित)

काठमाडौं – सरकारले आउँदाे आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँकाे बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको…

Featured Video Play Icon

आउँदो आर्थिक वर्षका लागि बजेट भाषण सुरु (लाइभ)

काठमाडौं – आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा बजेट वाचन गर्न सुरु गर्नुभएको हो ।

रास्वपा सांसद विन्दबासिनी कंसाकारले लिइन् सभामुखबाट शपथ

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। सभामुख देवराज घिमिरेले उहाँलाई शपथ गराउनु भएको हो । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग…

सगरमाथाको चुचुरोमा मानव पाइला परेको ७० वर्ष पूरा

काठमाडौं –आज १६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले…

आज गणतन्त्र दिवस मनाइँदै

काठमाडौं –गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।…

बाग्मती प्रदेशकाे नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ)

काठमाडौं – बाग्मती प्रदेश सरकारले आज आइतवार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आउँदाे आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएकाे हाे । सरकारले केही पुराना र नयाँ कार्यक्रमलाई समेट्दै…

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४ सय ८२ जनाको बाँकी कैद मिनाहा

काठमाडौं – गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित चार सय ८२ जना कैदीको बाँकी कैद मिनाहा भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । कानुनअनुसार सरकारको सिफारिसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको…

काभा महिला भलिबल : उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्राे

काठमाडौं – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्राे भएकाे छ । आज आइतवार त्रिपुरेश्वरकाे कभर्ड हलमा तेस्राे स्थानका लागि भएकाे खेलमा यसअघिको दुवै संस्करणकाे विजेता नेपालले उज्बेकिस्तानलाई ३–१ काे सेटमा हरायाे । पहिलाे सेट गुमाएकाे नेपालले त्यसपछिकाे तीन सेट जितेकाे हाे…

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं – सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आइतवार आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय गरेको हो । मन्त्रिपरिषद्ले ५० प्रतिशत सजाय कटाइ सजाय माफी…

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल…