यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४७, गोलभेँडा सानो (टनेल)…

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौँ- ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी…

सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा…

भर्जिनियामा पहिलो पटक ल्याय्​म्ह अमेरिका गुठीको सामूहिक ‘म्ह पूजा’ सम्पन्न

ल्याय्​म्ह अमेरिका गुथिले यस वर्षको म्ह पूजा तथा नेपाल सम्बत् ११४६ नयाँ वर्षको शुभ अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। नयाँ समुदायका सदस्यहरू, परिवारहरू र शुभेच्छुकहरूलाई एकसाथ ल्याउँदै आत्मपूजन र सामुदायिक एकताको यो महत्वपूर्ण परम्परा अत्यन्त हर्षोल्लासका साथ मनाइयो…

मैत्रीपूर्ण खेलमा पहिलो हाफमा नेपालको पुनरागमन

काठमाडौं : नेपाल र भारत बीचको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल र भारत दुवै टोलीले १-१ गोल गरेका छन् । भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा जारी खेलमा घरेलु टोलीले १-१ को अग्रता लिएको हो। भारतकी सौम्या गुगुलोथले गोल गरिन्। नेपालकी अनिता…

शेयर बजार सामान्य घट्यो, कारोबार रकममा वृद्धि

काठमाण्डौ – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से पाँच दशमदव १७ अङ्कले घटेर २५६६.१६ विन्दुमा झरेको हो । हिजो नेप्से ६२.२९ अङ्कले बढेको थियो । आज अन्य समूहको शेयर एक…

पाल्पामा ईभी भ्यान दुर्घटना, तीन जनाको मृत्यु

पाल्पा– पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ४ पिपलभञ्ज्याङमा लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुटवलबाट छहरा मेहालढापतर्फ जाँदै गरेको भ्यान बुधबार बिहान करिब १० बजे दुर्घटनामा परेको स्थानीयले बताएका छन्। घटनास्थल नजिकका…

मन्त्री घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance-ISAआईएसए) को आठौं महासभामा भाग लिन नयाँ दिल्ली आउनुभएका मन्त्री घिसिङ…

प्रधानमन्त्री कार्कीको आह्वानमा आज जेनजीसहित त्रिपक्षीय छलफलको तयारी

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफलको तयारी भैरहेको छ । सरकारले आउँदो फागुन २१ का लागि चुनावको घोषणा गरेको अवस्थामा आवश्यक वातावरण बनाउन र समसामयिक विषयमा त्रिपक्षीय छलफल केन्द्रित हुनेछ । प्रधानमन्त्रीको…

सिरहामा प्रथम धनगढीमाई टि-२० क्रिकेट प्रतियोगिता सुरु

सिरहा, १२ कात्तिक । खेलकुदको विकास र युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ सिरहाको धनगढीमाईमा आजदेखि ‘प्रथम धनगढीमाई टि-२० क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । वीर युवा क्रिकेट क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा नगरभित्रका १० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्…