पहिरोले महाकाली राजमार्ग बन्द

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो । पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ…

शेयर कारोबार २० मिनेटका लागि बन्द

सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ । प्रि–ओपन सेसनमै घट्न सुरु भएको नेप्से, नियमित कारोबार खुलेको दुई मिनेटमै १०७.०४ अंकले ओरालो लाग्दा कारोबार २० मिनेटका लागि स्थगित गरिएको हो । यस अवधिमा २०० स्टकको १,८५७…

सुनको भाउ ९ सय रुपैयाँले घट्यो

सुनको भाउ आज नौ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ घटेर दुई लाख…

भद्रकालीमा विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा मनाइँदैछ।  प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्मा पूजा मनाइन्छ। विश्वकर्मा पूजाका दिन कलकारखानादेखि सवारी साधन पनि पूजा गरिन्छ। काठमाडौंको भद्रकाली मन्दिरमा बिहानैदेखि मानिसहरुको भिड छ। केही मानिसहरू आफ्नो सवारी साधनमा पूजा गरिरहेका छन्। कोही पालो कुरेर बसिरहेका छन्। मन्दिर…

ऊर्जाको बागडोर अब दुई ‘काबिल’ इन्जिनियरको हातमा, मिलेर गर्न सक्छन् कायापलट!

केही समयअघि मात्र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङलाई देशको परिवर्तित राजनीतिक परिस्थितिले ऊर्जा मन्त्रालयको नेतृत्वमा ल्याइपुर्‍याएको छ। विद्युत प्राधिकरण यही मन्त्रालय मातहत पर्छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन्। २०८१…

जेनजी सहिद कुलुङप्रति विराटनगरमा श्रद्धाञ्जली अर्पण

जेनजी आन्दोलनका क्रममा निधन भएका संखुवासभा जिल्लाका प्रवीण कुलुङप्रति विराटनगरमा श्रद्धाञ्जली अर्पण गरिएको छ । बुधबार विहान विराटनगर विमानस्थलमा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित युवा समूहले मृतक कुलुङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सिलिचोङ गाँउपालिका ३ का कुलुङको शव…

तोलामा एक हजार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ । आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार…

प्रधानमन्त्रीले मागिन् रुइतको सहयोग, रुइतद्वारा मन्त्री बन्न अस्वीकार

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । आज तिलगंगा आखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन् । छलफलपछि डा. रुइतले आफुले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने…

पशुपति आर्यघाटमा जेनजी आन्दोलनका मृतकको अन्त्येष्टि हुँदै

काठमाडौं : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि शव बुझेका परिवारजनले पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिरहेका छन्। हालसम्म महाराजगन्जका असई मिलन राय र ग्लोबल कलेजका विद्यार्थी सियम चौलागाईंको अन्त्येष्टि भइसकेको छ। अहिले पशुपति आर्यघाटमा शव ल्याउने क्रम जारी छ। भदौ २३ र २४…

असोज १ गते शोक दिवस, सार्वजनिक बिदा

सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदा दिने र जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान…