दशैं सुरु, घर-घरमा आज घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि वसन्तपुरस्थित दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको…

पर्यटनमन्त्रीमा गणपतिलाल श्रेष्ठको नाम चर्चामा

प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा अब कोको थपिएलान् भन्ने जिज्ञासाबीच सम्पदाकर्मी गणपतिलाल श्रेष्ठको नाम चर्चामा आएको छ । सम्पदा प्रेमी श्रेष्ठलाई सम्भावित पर्यटनमन्त्रीका रूपमा प्रचारित गरिएको हो । गणपति संरक्षण अभियान उपत्यकामा मात्र केन्द्रित छैन । भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र…

पत्रकार जगदीश खरेल मन्त्री बन्ने

ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उहाँलाई सञ्चारमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रमुख खरेलले सञ्चार माध्यममा २५ वर्ष भन्दा लामो समयसम्म काम गरेको लामो अनुभव समेत…

काठमाडौँ जिल्ला अदालतले असोज २१ देखि थप सेवा सुरु गर्ने

काठमाडाैँ । म्याद थप,कल डिटेल अनुमति लगायत सेवा दिइरहेको काठमाडौँ जिल्ला अदालतले असोज २१ गतेदेखि थप सेवाहरू दिने भएको छ । आइतबार बसेको बार बेन्चको बैठकले आगामी असोज २१ गतेदेखि दर्ताद्वारा विवाह,अधिकृत वारेसनामा,मृत्युको न्यायिक घोषणा,संरक्षक नियुक्ति,विशेष प्रकृतिका निवेदनहरूको दर्ता तथा…

युएईले दियो क्रिकेट खेलाडीलाई भिसा, भोलि उड्ने

काठमाडौं । नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ । नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो । खेलाडीहरूले…

एशिया कप टी–२० क्रिकेटमा आज भारत र ओमान खेल्दै

एशिया कप टी–२० क्रिकेटमा आज भारत र ओमानले खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजे युएईको आबुधावीमा शुरू हुनेछ । हिजो भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हरायो । योसँगै समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सुपर…

लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली होः प्रधानमन्त्री कार्की

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणालीको रूपमा व्याख्या गरेकी छन् । संविधान दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले हालको जनआन्दोलन लोकतान्त्रिक मूल्य–मान्यता र संविधानले दिएको अधिकारहरूमा…

जेनजी युवा आन्दोलनपछि प्रहरी प्रमुखहरु फेरिए

जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीको ठाउँमा प्रहरीका केन्द्रीय सहप्रवक्ता रहेका एसएसपी रमेश थापालाई पठाइएको छ। एसएसपी विश्व अधिकारीलाई भने प्रहरी प्रधान कार्यालयमा तानिएको छ। अधिकारी २०८१ माघ…

आज देशभर मौसम बदली

देशभर साधारणतया मौसममा बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जनाएको…

पौडिँदै टिकटक बनाउने हुँदा साथी डुबेपछि बचाउन गएका युवासहित दुई जनाको ज्यान गयो

रुपन्देहीमा सँगै पौडी खेल्न गएका साथी डुबेपछि उद्दारका लागि गएका युवासहित दुई युवाको मृत्यु भएको छ । बुधबार दिउँसो गैडहवा गाउँपालिकामा रहेको गैडहवा तालमा स्थानीय युवाहरुको ५ जनाको समूह गएको थियो । उनीहरुले टिकटक बनाउँदै पौडिँदै गरिरहेका थिए । पौडी…