काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बुधबार सुरक्षा परिषद्को बैठक बसिरहेको छ। भारत-पाकिस्तानबीच तनाव बढेसँगै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ ।
बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र परिषद्का सदस्य सचिव रामेश्वर दंगाललगायत सहभागी रहेका छन् ।
यति बेला भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि दुई छिमेकी देशबीच तनाव उत्कर्षमा पुगेको छ।
भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला नेपालले लिनुपर्ने आगामी रणनीति र अन्य सुरक्षाका गम्भीर विषयहरूमा छलफल भइरहेको बुझिएको छ।
