भूमि विधेयक संसदमा दर्ता, हदबन्दी छुटको जग्गा बेच्न पाइने

काठमाडौं । सरकारले प्रतिनिधिसभामा भूमि विधेयक दर्ता गरेको छ । मंगलवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२’ ल्याएका ह।

सरकारले ल्याएको यस विधेयकमा हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्तावसहितको विधेयक ल्याएको छ । जहाँ ‘घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनबमोजिम जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर निर्माण गरी बिक्री गर्न सक्ने’ लगायतका प्रावधान छ ।

यी व्यवस्थालाई समेटेर सरकारले यसअघि नै अध्यादेश ल्याएको थियो । २ माघ २०८१ मा आएको उक्त अध्यादेश संसद्‍बाट अगाडि बढ्न नसकेपछि सरकारले विधेयक नै ल्याएको हो।

प्रस्तावित विधेयकमा भूमि सम्बन्धी ऐन २०२१ का विभिन्न दफा संशोधनको प्रस्ताव गरिएको छ । प्रचलित ऐनको दफा १२ मा संशोधन गरेर हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव गरिएको हो ।