काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित कार्यसूचीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकका निर्णय सार्वजनिक भएपछि थप विवरण आउने जनाइएको छ।
