सुनकाे भाउ २ हजार ४०० रुपैयाँले घट्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । हप्ताको पहिलो कारोबार दिनदेखि लगातार घटिरहेको सुनको भाउ आज पनि घटेको हाे ।

सुनकाे भाउ आज २ हजार ४०० ले घटेर ताेलाकाे २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलाको २ लाख ८७ हजार १०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेकाे छ । चाँदीको भाउ १६० रुपैयाँले घटेर तोलाको ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे चाँदीको भाउ ताेलाकाे ४ हजार ५०० रुपैयाँ थियो ।