Blog

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ –  काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आज साझ ५ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको हो । 

इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोक

काठमाण्डाै – इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकको घोषणासहित राष्ट्रिय झण्डा आधा झुकाइँदैछ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज मङ्गलवार राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको…

इजरायलमा मारिएका नेपालीकाे सम्झनामा भाेलि राष्ट्रिय शाेक, मृतकका परिवारलाई १० लाख राहत

काठमाण्डाै – इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ। आज साेमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको…

डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको दोश्रो गेममा छुँचुमरि र अँयठामरि विजेता र उपविजेता

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत दोश्रो चरणको दोश्रो गेममा पहिलो र दोश्रो भएर छुँचुमरि र अँयठामरि टीम तेश्रो चरणमा प्रवेश गरेका छन्। गएको शनिबार सिन्कामरि, पचिंतामरि, छुँचुमरि र अँयठामरिविच…

हमासले इजरायलमा गरेकाे आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएकाे पुष्टि

काठमाण्डाै – इजरायलमा प्यालिस्टन विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका पुष्टि भएको छ । इजराइलका लागि नेपाली राजदूतवासले १० जना नेपाली मारिएको पुष्टि भएको जानकारी गराएको हो । १७ जना विद्यार्थी रहेको क्याम्पभित्र हमास विद्रोहीले आक्रमण गरेकोमा…