खोकनामा रुद्रायणी देवीको १२ वर्षे मेला शुरु

काठमाण्डाै – ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला शुरु भएको छ । हिजोदेखि शुरु भएको मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुन्छ । धार्मिक तथा तान्त्रिक महत्त्वको यो मेलाका लागि १४ देवको गुफा राख्ने काम यसअघि नै भइसकेको…

भक्तपुरमा दशैँसँगै शुरु भयाे नाै राते मेला

भक्तपुर- दशैँ शुरु भएसँगै भक्तपुरमा नवरात (नौ राते) मेला शुरु भएको छ । हिजो आइतवार बिहान दशैँको पहिलो दिन (घटस्थापना) ब्रह्मायणीमा मेला शुरु भएको हो । प्रत्येक वर्ष घटस्थापनासँगै नौ राते मेला शुरु हुन्छ । भक्तपुरको ब्रह्मायणीसँगै विभिन्न शक्तिपीठमा भक्तजनको…

पचली भैरवको लिङ्गो उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै

काठमाण्डाै – विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित हुने भएको छ । जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिनु भयो। आश्विन शुक्ल…

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ –  काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आज साझ ५ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको हो । 

पूर्णचण्डि देवीलाई दुर्लभ भुजा चढाएसँगै ललितपुरमा येंया सम्पन्न

ललितपुर – ललितपुरको गाबहालमा रहेको पूर्णचण्डि देवीलाई दुर्लभ भुजा चढाएर जात्रा गरिएसँगै ललितपुरमा येंया सम्पन्न भएको छ । ललितपुरमा येंया यंलाथ्व त्रयोदशीदेखि यंलागा प्रतिपदासम्म चारदिन मनाइन्छ । प्रतिपदाका दिन पूर्णचण्डि देवीलाई भुजा चढाएर जात्रा गरिएपछि येंया सम्पन्न हुन्छ । हिजो…

पूर्णचण्डीमा आज भुजा जात्रा

ललितपुर – ललितपुरको गाःबहालमा रहेको सिद्धिलक्ष्मी पूर्णचण्डीमा आज भुजा जात्रा हुँदैछ । सबैको कल्याणको लागि तान्त्रिक विधिबाट गरिने यो पूजा यँलागा प्रतिपदाको दिन मनाइन्छ ।  जात्राको क्रममा एक एक मुरीको चामलको भातबाट बनेका १२ वटा विशाल भुजा मन्दिर परिसरमा राखिन्छ…

इन्द्रजात्रा पर्वः काठमाडौँका यी सडकमा सवारी साधन प्रवेशमा रोक

काठमाडौँ – काठमाडौँ उपत्यकामा इन्द्रजात्राका सुरु भइसकेका छन् । जात्राको अवसरमा आजदेखि विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरले आज एक सूचना जारी गर्दै काठमाडौँको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्व भएका कारण सवारी साधन…

विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको दोश्रो चरणको तालिका सार्वजनिक

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत दोश्रो चरणको तालिका सार्वजनिक गरेको छ। सार्वजनिक भएको तालिका अनुसार दोश्रो चरणमा योमरी, लोन्चामरी, पाहाँमरी, लाखामरी, सिन्कामरी, पचिंतामरी, छुँचुमरी, अँयठामरी, अक्षतामरी, लवंतियांमरी, तिकिमरी, प्यारामरी, चतामरी,…

मल्ल के सुन्दरको नयाँ उपन्यास कुमारी सार्वजनिक हुँदै

काठमाण्डाै – इन्द्रजात्राको अवसरमा चर्चित व्यक्तित्व तथा साहित्यकार मल्ल के सुन्दरको कुमारी नामक नयाँ उपन्यास प्रकाशित हुन लागेको छ। उपन्यासमा बनेपाका अष्टमात्रिकामध्येकी जेठी अष्टमात्रिकाकी छोरी मय्जुलानी र चन्डाशुर दैत्यको प्रेमकथा, मय्जुलानीले देश रक्षाको लागि गरेको त्याग र कसरी उनी कुमारी…

सतुङ्गलमा चप्पल कारखानामा आगलागी

काठमाण्डाै – काठमाण्डाैको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेकाे चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।  गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेकाे मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएकाे हाे ।  आगलागीबाट…